काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रालाई कायमै राखेको छ । लगातार तीन खेलमा जित निकाल्दै फेरि लिगको शीर्ष स्थानमा उक्लिएको हाे ।
बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १-० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङले शीर्षस्थान कब्जा गरेकाे हाे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाईज क्लबसँग भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल गरे ।
जगजितले खेलको २५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । भीदाल लुइसको क्रसलाई उनले सदुपयोग गरेका थिए ।
ब्रिगेडविरुद्ध १० खेलाडीमा सिमित भएपछी भने मनाङले डिफेन्सिभ खेल खेलेको थियो । मनाङले गोलकर्ता जगजितलाई निकाल्दै डिफेन्डर आदित्य चौधरीलाई मैदान पठाएको थियो ।
खेलमा मनाङका कप्तान कमल श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । जितसँगै मनाङले ३ खेलमा ९ अंक जोडेको छ ।





























प्रतिक्रिया