उपसभामुखले शुक्रबार राजीनामा दिने

उपसभामुखले शुक्रबार राजीनामा दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उपसभामुख शिवमाया तुम्वाहाम्फेले सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्न शुक्रबार उपसभामुखबाट राजीनामा दिने भएकी छन् ।  उनले सभामुखका लागि आफ्नाे दावी रहेकाे यसअघि बताए पनि उनलाई पार्टीले सभामुख नबनाउने निश्चित भएपछि राजीनामा दिन लागेकी हुन् ।

आज राजीनामा दिने याेजनामा रहेकी उनले समय अभावका कारण भाेलि मात्र राजीनामा दिन  लागेकी स‌ंसद सचिवालयका प्रेसविज्ञ शेखर अधिकारीले बताए । नेकपाका दुई अध्यक्षबीच उनलाई समाजवादी पार्टीले छाेडेका मन्त्रालयमध्ये एउटा दिने सहमति भएपछि उनी  राजीनामा दिने तयारीमा पुगेकी बुझिएकाे छ ।

कसलाई सभामुख बनाउने भन्‍ने विषयमा शुक्रबार बिहान मात्र टुंगो लाग्‍ने भएको छ । संसद् सचिवालय जारी गरेको सभामुख पदको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार १ बजे सम्म उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।

Skip This
Skip This
Logo