काठमाडौं ।
आज बिहान खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपालमा भने बिहान ८ः४२ मा सूर्यग्रहण सुरु भएको हो । ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुने र ११ः३१ मा ग्रहण सकिने बताइएको छ ।
खण्डग्रास सूर्यग्रहण नेपालका साथै भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत देशहरुबाट समेत देख्न सकिन्छ ।
ग्रहणको अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । सूर्यग्रहणलाई खुला आँखाले हेर्न नहुने खगोलविद् तथा ज्योतिषशास्त्रीहरुले बताएका छन् ।































प्रतिक्रिया