विराटनगरलाई १ सय ३४ रनको लक्ष्य

विराटनगरलाई १ सय ३४ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

पोखरा। पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा  हर्ष टोन्कको अर्धशतकमा बुटवल ब्लास्टर्सले  विराटनगर टाइटन्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

बुटवलका हर्ष टंकले ४४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मद्दतमा ६७ रनको सर्वाधिक इनिङ्स खेले ।

यस्तै शिबम सिंहले ३७ र कप्तान सिदान्त लोहनीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका जैद आलमले ४ तथा किशोर महतोले २ विकेट हात पारे । यस्तै दिपेश श्रेष्ठ, शाहब आलमले समान १/१ विकेट लिए ।

यस अघिनै प्ल अफमा स्थान पक्का भएको बुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ ।

सोही कारण बुटवललाई हराउँदै प्लेअफमा पुग्ने लक्ष्य सहित विराटनगरले लिग चरणको अन्तिम खेल खेल्दैछ ।

बुटवल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ । नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ ।

चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाईनल पुगिसकेको छ । बुटवलले समेत ईलिमिनेटर राउण्डमा स्थान पक्का गरिसकेको छ ।

तेस्रो स्थानमा रहने टोलीले वुटवलसंग ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । काठमाडौं ४ अंक सहित प्ले अफको नजिक छ । तर नेट रनरेटमा सुधार गर्दै विराटनगरसंग काठमाडौंलाई उछिन्ने अन्तिम अवसर छ ।

Logo