स्कुल बसले किच्दा एक युवतीकाे ज्यान गयाे

स्कुल बसले किच्दा एक युवतीकाे ज्यान गयाे

केन्द्रबिन्दु
0
Shares

पोखरा । मंगलबार बिहान पोखरामा स्कुल बसले किच्दा युवतीको ज्यान गएको छ ।

पोखरा १७ राम मन्दिर नजिकै ग १ क २४९९ नम्बरको स्कुल बसले किच्दा पर्वतको छौलालाङखुरी घर भई पोखरा बस्दै आएकी सरिता पौडेल सुवेदीको  घटनास्थलमै ज्यान गएको छ ।

छाेरीलाई स्कुल बसमा चढाएर ओर्लने क्रममा उनलाई उक्त बसले किचेको बताइएकाे छ ।

स्कुल बसबाट ओर्लने क्रममा उनी अचानक लड्न पुगेको र चालकले गाडी अगाडि बढाउँदै गर्दा गाडी ठक्कर दिएकाे हाे ।

चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Logo