नयाँ दिल्ली ।
भारतको पूर्वी राज्य झारखण्डमा भएको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले ठूलो धक्का बेहोर्नु परेको छ । अति महत्वपूर्ण मानिएको झारखण्ड विधानसभा निर्वाचनमा मुख्य विपक्षी भारतीय कांग्रेस पार्टी र क्षेत्रीय पार्टी झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलको गठबन्धनले ८१ सिटमध्ये ४७ वटामा जित निकालेको भारतको निर्वाचन आयोगलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
भाजपाले २५ सिटमा जित निकालेको छ भने अन्यले ९ स्थानमा जित हात पारेका छन् । अन्तिम नतिजासँगै भाजपाले बहुमत गुमाएको छ। यसरी हेर्दा झारखण्ड मुक्ति मोर्चा–काँग्रेस–जनता दलको गठबन्धनले सजिलै बहुमत ल्याएको छ। झारखण्डमा सरकार बनाउनका लागि ४१ सिट आवश्यक पर्छ। उक्त गठबन्धनले ४७ सीट ल्याएको छ। अब झारखण्डमा मुक्ति मोर्चाको नेतृत्वमा नयाँ सरकार बन्नेछ ।
एजेन्सी































प्रतिक्रिया