काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएकाे खेलमा विभागीय टिम नेपाल पुलिस क्लबमाथि १ –० को कठिन जित निकाल्दै थ्रीस्टारले लिगमा पहिलो तीन अंक बटुल्यो ।
थ्रीस्टारले खेलको अन्तिममा गोल गर्दै पुलिसको चुनौती पन्छ्यायो । पहिलो हाफ गोलरहित बराबरी भए पनि खेलको ८६ औं मिनेटमा थ्रीस्टारले गोल गर्न सफल भयो । यसपटक खासै राम्रो टिम बन्न नसकेको पुलिसविरुद्ध सुसन श्रेष्ठको पासमा सुशील राईले गोल गरे ।
जितपछि थ्रीस्टारको दुई खेलमा चार अंक भएको छ भने पुलिसको एक अंक छ ।





























प्रतिक्रिया