अपहरित गाउँपालिका अध्यक्ष शाही कालिकाेटबाट मुक्त

अपहरित गाउँपालिका अध्यक्ष शाही कालिकाेटबाट मुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन्। शनिबार राति नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेका अध्यक्ष शाहीलाई आइतबार साँझ साढे ६:३०  बजे प्रहरीले अपहरणमुक्त गरेकाे कालीकाेटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले केन्द्रबिन्दुलाई बताए । प्रमुख जिल्ला अधिकारी पाैडेलका अनुसार गाउँपालिका अध्यक्ष शाही कालीकाेट मै सुरक्षित रहेकाे तथा भाेली दैलेख पठाइनेछ ।

विप्वल समूहले  अपहरण गरेकाे अध्यक्ष शाहीलाई कालीकोटको शुभकालिकाको छाती गाउँबाट  प्रहरिले मुक्त गरेको हाे। प्रहरीका अनुसार दैलेख र कालिकोटको सीमावर्ती शुभकालिका गाउँपालिकाको खाती जंगलबाट अध्यक्ष शाहीलाई अपहरणमुक्त गरिएकाे हाे ।

यस अघि विप्लव समूहले विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी लिएको थियो । विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका थिए ।

Skip This
Skip This
Logo