नेपाल प्रहरीका सई १५ हजार घुससहित पक्राउ

नेपाल प्रहरीका सई १५ हजार घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनुषा ।

१५ हजार रुपैयाँ घुससहित धनुषाबाट नेपाल प्रहरीका एक सईलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

धनुषाको यज्ञभूमि प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक कालीचरण पञ्जियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो।

उनी दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा शुक्रबार धनुषाको मिथिला नगरपालिकाबाट पक्राउ परेका हुन् ।

पंजियारलाई कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ।

Logo