नेपाल ट्रष्टको जग्गा लिज प्रकरणले वैधानिकता पाउने

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणले वैधानिकता पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,

राजधानीको दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिजमा दिने, लिने प्रकृया कानुनी रूपमै गरिएको पुष्टि भएको छ।

कागजात हेर्दा नेपाल ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिका १ स्थित दरबारमार्गमा रहेको कि.नं. ४६०६ को क्षेत्रफल १-१४-०-० को जग्गा प्रतिस्पर्धाबाट बढी रकममा प्राप्त गरेको देखिन्छ।

ट्रष्टले ०७३ असार १४ मा सूचना प्रकाशित गरी लिजमा दिनका लागि टेन्डर आव्हान गरेको उक्त जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले टेन्डर बोलकबोल पूरा गरी लिज प्राप्त गरेको नेपाल ट्रष्टको कागजातबाट पुष्टि भएको हो।

 

सो टेण्डरमा साख स्टील इण्डष्ट्रीज र अदृष्य, लियन जेभिले पनि टेन्डर फाराम भरेका थिए । तर थामसेर्कुले करिव दोब्बर रकम बढी कबोल गरेपछि टेन्डर प्राप्त गरेको ट्रष्ट कार्यालयको भनाइ छ।

सो टेण्डरमा थामसेर्कुले एक अर्ब ४० करोड १० लाख ८६ हजार ७५ रूपैयाँ कबोल गरेको थियो । साख स्टील इण्डष्ट्रीजले ६२ करोड २४ लाख ५८ हजार ८ सय १६ कबोल गरेको थियो ।

टेण्डर अनुसार उक्त जग्गा बढी कबोल गर्ने थामसेर्कुले ३० वर्षको लिज प्राप्त गरेको छ । उसले ०७४ जेठ १४ मा नेपाल ट्रष्टको कार्यालयबाट लिज सम्झौता गरेको थियो ।

 

Skip This
Skip This
Logo