नेपाल प्रहरीका २४ जना एसपीको सरुवा

नेपाल प्रहरीका २४ जना एसपीको सरुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) लाई सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज २४ जना एसपीको सरुवा गरेका हुन् ।

सरुवा भएका मध्ये जिल्ला प्रहरी कार्यालय, चितवनमा गंगा पन्त, झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी र कञ्चनपुरमा मुकुन्द मरासिनी रहेका छन् ।

यस्तै सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मी पठाइएका छन् । रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत, सर्लाहीमा विश्वमणि पोखरेल र मकवानपुरमा सुशीलसिंह राठौर सरुवा भएका छन् ।

Logo