संघीय संसदको हिउँदे अधिवेशन शुरु, सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि

संघीय संसदको हिउँदे अधिवेशन शुरु, सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । अधिवेशनको पहिलो दिनको बैठकमा शुक्रबार दुवै सदनमा केही शोक प्रस्ताव पारित गरिए भने संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले धारणा राखे ।

प्रतिनिधि सभाको बैठक पुस ११ गतेसम्मका लागि स्थगित गरिएको छ । आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख चयनको प्रक्रिया पुस ११ गतेबाट शुरु गर्ने सहमती भए अनुसार प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको हो ।

पुस ११ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको प्रक्रिया पनि शुरु गर्ने भएको छ । संघीय संसदकै राष्ट्रिय सभाको बैठक चाहिं पुस ७ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित भएको छ ।

 

Logo