पिपिएलमा बुटवललाई मध्यम लक्ष्य

पिपिएलमा बुटवललाई मध्यम लक्ष्य

केन्द्रबिन्दु
0
Shares

पोखरा – पोखरा प्रिमियर लिग टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले बुटवल ब्लास्टर्सलाई १ सय २२ रनको मध्यम लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनायो । पोखराको लागि भारतीय ब्याट्सम्यान रविइन्दर सिंह ४२ बलमा २ चौका र २ छक्का सहित ४५ रनमा अविजित रहे । त्यस्तै प्रथामेश दाके २० बलमा १ चौका र १ छक्का सहित २० रनमा नट आउट रहे । खराब सुरुवात गरेको पोखरालाई मध्यम अवस्थामा पुर्याउन रविइन्दर र प्रथामेशले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे ।

बुटवलका हर्ष टोन्कले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिए । ललितसिंह भण्डारी, शिवम सिंह र नितेश थापाले १–१ विकेट लिए ।

Logo