शनिबार हुन लागेको काठमाडौं म्याराथनको तयारी पुरा

शनिबार हुन लागेको काठमाडौं म्याराथनको तयारी पुरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी शनिबार हुने १३ औं काठमाडौ म्याराथनको सम्पूर्ण तयारी पुरा भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो । काठमाडौं उपत्यकालाई म्याराथन मार्फत बिश्वमा चर्चित बनाउने र खेल पर्यटनबाट आर्थिक समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सुरुवात गरिएको काठमाडौं म्याराथन १३ औं संस्करण सम्म आईपुगेको छ ।

डिसेम्बर महिना पर्यटनका हिसाबले अफ सिजनको रुपमा लिईन्छ । अफ सिजनमा पनि नेपालमा पर्यटक भित्र्याउने तथा सन् २०२० लाई नेपाल सरकारले भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा त्यसलाई पनि टेवा पुग्ने उद्देश्यले यस बर्ष डिसेम्बर महिनामा म्याराथन आयोजना गर्न लागिएको आयोजक संस्थाकी कार्यकारी निर्देशक बाग्मती राईले जानकारी गराईन् ।

१२ औं संस्करणसम्म सफलतापूर्वक सम्पन्न गर्दै गर्दा कुनै पनि सरकारी निकाय र उपत्यकाका स्थानिय सरकारले अपनत्व नदिएकोमा यस बर्ष प्रदेश नं. ३ सरकारले यसको जिम्मेवारीका साथ अपनत्व ग्रहण गरेको छ । साथै काठमाडौ महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा ठिमी र भक्तपुर नगरपालिकाले त्यसमा चासो दिंदै आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता लिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

म्याराथन प्रतियोगिताका दौरान महिला तथा पुरुष म्याराथन तथा हाफ म्याराथन, कर्पोरेट रिले, ५ कि.मि. खुला दौड, ५ कि.मि. छात्र तथा छात्रा दौड र ३ कि.मि. ह्विलचियर दौड रहेको छ । यस पटक पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमिली रन पनि समावेस गरिएको छ । नेपालमा नै पहिलो पटक टाईम चिप्सलाई प्रयोग गर्न लागिएको आयोजकले जनाएका छन् ।

बिश्वका विभिन्न चर्चित र सफल म्याराथन जस्तै यस म्याराथनमा पनि अधिक भन्दा अधिक बिदेशी खेलाडीहरुलाई सहभागि गराउँदै सोहि स्तरमा पु¥याउने उद्देश्यले विभिन्न देशमा प्रचार प्रसार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । म्याराथन, हाफ म्याराथन तथा ५ कि.मि. दौडका लागि ५ हजार खेलाडीहरु अपेक्षा गरिएको र हाल सम्म ५० बिदेशी खेलाडीहरुले नाम दर्ता गरिसकेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक राईले जानकारी गराईन् ।

म्याराथनलाई प्रदेश ३ सरकार र काठमाडौ महानगरपालिकाले ५/५ लाख तथा भक्तपुर नगरपालिकाले १ लाख सहयोग गर्ने जनाईएको छ ।

Logo