प्रभु क्यापिटल र समृद्धि क्यापिटल लिमिटेडबीच समझदारी

प्रभु क्यापिटल र समृद्धि क्यापिटल लिमिटेडबीच समझदारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्तावसहित मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्तापूँजी हुनेछ । हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको छ ।

Logo