सीमा क्षेत्रमा चेकपोष्ट थप गर्ने सरकारकाे निर्णय

सीमा क्षेत्रमा चेकपोष्ट थप गर्ने सरकारकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं-

सरकारले नेपाल-भारतको सीमा क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ। सीमा क्षेत्रमा चाेकपाेष्ट थप्नेबारे सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराएका हुन् ।

विहीबार भएकाे सरकारकाे नियमित प‍त्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्‍मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने, ”सरकारले नेपाल भारत सीमामा थप ११४ वटा चेकपोष्ट राख्‍ने जानकारी गराउन चाहन्छु।’ यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो। चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन्।

त्यस्तै उनले फ्रिक्वेन्सी नेपालको इतिहासमा पहिलो पटक बोलकबोल गरेर योग्‍य टेलिकम सेवाप्रदायकलाई दिएको दाबी गरे। उनले भने, ‘अब जो योग्‍य छ त्यसैलाई त दिने हो नि। त्यहाँ नेपाल टेलिकम पनि थियो। अब स्मार्ट त खारेजीमै गइसक्यो। त्यो त मिडियाले छापिदिनुपर्‍यो नि प्रक्रिया के हो भनेर ?’  पटक-पटक कर्पोरेट मिडिया हाउसले पत्रकारितासँगै अरू कम्पनीको जिम्‍मेवारी जस्तो भएर उनीहरूकै पक्षमा समाचार लेख्‍दै आएकाले अविश्‍वसनीय नबन्‍न पनि आग्रह गरे। उनले भने, ‘कि मिडियाको मान्छेले बढी भाषा जानेर समाचार बर्बाद गर्छन् कि जानेकै हुँदैनन्, कि मालिकको तर्फबाट समाचार लेखिएको हुन्छ। आजकै पत्रिकामा फ्रिक्वेन्सीको समाचार हेर्दा त्यही देखे मैले।’

पत्रकार सम्मेलनमा पत्रकारलाई ट्युसन क्लास

नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक कार्यक्रममा पत्रकारलाई ट्युसन पढाएका छन् ।

उनले पत्रकारले साग खेलकुदमा लेखेको समाचार प्रति असन्तुष्टी व्यक्त गर्दै सरकारले गल्ति गरे सुझाउनुपर्ने बताए । पत्रकारले सतहमा मात्र समाचार लेखेको आरोप लगाउँदै प्रवक्ता बास्कोटाले पत्रकारलाई विषयवस्तुको गहिराईमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले मिडियाहरुले तथ्‍यहीन र एकतर्फी समाचार प्रकाशन गरेर आफ्नै कारणले आफै अविश्वसनीय नबन्‍न आग्रह गरेका हुन् । उनले सरकारको नीति देश बनाउन जग राख्नु रहेको र प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपाल निर्माणमा सरकार लागि परेको बताए । उनले फरक प्रसंगमा मन्त्रीहरु आउने जाने क्रम चलिरहने तर जो आए पनि देश बन्नुपर्ने अभिव्यक्ती दिएका छन् । प्रवक्ताले निर्णय सुनाउन भन्दा बढी पत्रकारको आलोचनामा शव्द खर्चेका थिए ।

Logo