भारतीय बोलेरो दुर्घटना हुँदा उदयपूरमा ३ जनाको मृत्यु

भारतीय बोलेरो दुर्घटना हुँदा उदयपूरमा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उदयपुर।

उदयपुरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा आज बिहान भएको बोलेरो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

भारतीय नम्बर प्लेट भएको एस् के ०१ टिपी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उनकै भाइ ३६ वर्षीय मिन नारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्। भारतको सिक्किममा रहेका आफन्त भेटघाट गरेर घर फर्कनेक्रममा जिप दुर्घटना भएको हो ।

Skip This
Skip This
Logo