बस एक आपसमा ठोक्कि‌ंदा १३ जना घाइते

बस एक आपसमा ठोक्कि‌ंदा १३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

पाल्पा । पाल्पाकाे हाेलाङदीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।  बुधवार साँझ बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको लु २ ख ११७६ नम्बरको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८४२७ नम्बरको बस एक आपसमा ठोक्कि‌ंदा घाइते भएका हुन् ।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–१२ का रामबहादुर विक, सोही स्थानकी  जुना विक, रुपन्देहीको खडहवा बनगाई गाउँपालिका–२ का  भिमबहादुर सुनार, तानसेन नगरपालिका ८ की गुनिसरा नेपाली, तानसेन बगनासकाली गाउँपालिका–३ का चालक तेजबहादुर सारु र पाल्पा कै पूर्वखोलाका रामु सिंजाली  घाइते भएका छन ।

त्यस्तै गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ८ का होमबहादुर विक, धनबहादुर विक, सोही गाउँपालिका–१ का भीमबहादुर सुनार, गुल्मीकै मदाने गाउँपालिका–३ का तेजबहादुर सुनार, सोही स्थानका चुराबहादुर नेपाली, सोही गाउँपालिका वडा नम्वर–२ का रामबहादुुर विक र सोही स्थानका  राजु विक रहेका छन् ।

घाइतेहरूकाे अवस्था खतरामुक्त रहेकाेले लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार गरी डिस्चार्ज भइसकेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक जितेन्द्र जिसीले बताए

Skip This
Skip This
Logo