काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आज बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । आज १ बजेका लागि बैठक बोलाइएको भएपनि शिर्ष नेताहरु कार्यालयमै पुगेनन् ।
विवादित विषयमा सहमति जुटाउन संस्थापन र असन्तुष्ट पक्षका नेताहरु आज पनि आन्तरिक छलफलमै ब्यस्त रहे । वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा आज पनि असन्तुष्ट पक्षका नेताहरुवीच छलफल भएको थियो ।
संस्थापन पक्षसँगको छलफल सहमतिउन्मुख रहेपनि मूलभूत विषयमा ठोस सहमति जुटिनसकेकाले आज बस्ने भनिएको बैठक पनि स्थगित भएको हो । अर्को बैठक पुस ४ गते १ बजे बस्नेछ ।





























प्रतिक्रिया