सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्न विज्ञहरुको सुझाव

सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्न विज्ञहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालको भूभाग संरक्षण गर्नका लागि सबै एकताबद्ध भएर कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपाल बार एसोसिएशनले मंगलबार आयोजना गरेको ‘सीमा अतिक्रमणः समस्या समाधान उपाय’ विषयक अन्तर्क्रियामा पूर्व सांसद रमेश लेखकले राष्ट्रिय सवालमा सबै एकजुट भएकाले कूटनीतिक तथा राजनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई सुझाव दिए ।

सरकार अगाडि बढ्दा समाधान गर्न सहज हुने भन्दै उनले नेपाल र भारत दुवै देशमा शक्तिशाली सरकार भएको हुनाले दुई देशका सरकारबीच नै वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए । वरिष्ठ अधिवक्ता युवराज सङ्ग्रौलाले नेपालको भूभाग सबै मिलेर संरक्षण गरी भूभागको उपयोग गर्नुपर्ने सुझाव दिए । नेपालले प्रयोग नगरेको भूभाग भारतले आफ्नो नक्सामा राखेको भन्दै उहाँले कूटनीतिक पहलमार्फत समाधान खोज्नुपर्ने जोड दिए ।

विश्लेषक श्याम श्रेष्ठले सम्पूर्ण राजनीतिक दल मिलेर एक मतका साथ कूटनीतिक र राजनीतिक पहलबाट समाधान खोज्नुपर्ने विचार व्यक्त गरे । उनले नेपालको नक्सामा लिम्पियाधुरा छुटेको हुनाले पूर्ण नक्सा बनाउन माग गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षणसमेत गराएको जानकारी गराए । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपालको भूभागको संरक्षण र नेपालको नक्सा सही निर्माणका लागि सबैको पहल जरुरी भएको हुनाले छलफलको आयोजना गरेको जानकारी दिए ।

Skip This
Skip This
Logo