विमानस्थल २१ घण्टा सञ्चालनदेखि फोब्समा नेपालको चर्चासम्म (भिडियो सहित)

विमानस्थल २१ घण्टा सञ्चालनदेखि फोब्समा नेपालको चर्चासम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई देवकोटा संग्रहालयका रुपमा निर्माण गर्ने तयारी गरेको छ ।

यस्तै २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको छ । भ्रमण वर्षको औपचारिक सुरुआत हुन केही दिन मात्रै बाँकी रहँदा चर्चित म्यागेजिन फोव्र्सले भ्रमण वर्ष २०२० लाई सघाउ पुग्नेगरी एउटा रिपोर्ट प्रकाशन गरेको छ ।

यस्तै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालन हुने भएको छ । विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सम्पन्न भईसकेकाले आजबाट पूर्वनिर्धारित तालिका अनुसार नै विमानस्थल सञ्चालन हुन लागेको हो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थानलाई सहज बनाई दुर्घटना न्यूनिकरणका लागि जनचेतना फैलाउने उद्देश्यले अभियानको शुभारम्भ गरिएको हो । थप समाचार हेरौं यो भिडियोमा :

 

 

 

Logo