काठमाडौं ।
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका प्रमुख ध्रुर्वप्रसाद कोइराला माथि लेखापढी व्यवसायीहरुले दुर्व्यवहार गरेका छन् ।
लेखापढी व्यवसायीलाई कार्यालयभित्र छिरी अनाधिकृत रुपमा कार्यालयका खातापाता छुन चलाउन नदिने , कार्यालय समयपछि पस्न नदिने लगायतका सुशासन कायम गर्ने कार्यमा लागि परेका प्रमुख कोइरालाको व्यवहार प्रति उनीहरुले विरोध जनाउँदै आएका थिए ।
मंगलबार भने कार्यालय समय सकेर निस्कने क्रममा प्रमुख कोइराला माथि लेखापढी व्यवसायी संघका उपाध्यक्ष जिव्राहिम अन्सारीको नेतृत्वमा आएको समुहले दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयमा गरिएको उजुरीमा उल्लेख छ । लेखापढीका नाममा दलाली गरिरहेकाहरूकाे आचरण सुधारका लागि प्रमुख कोइराला लागिपरेका थिए ।
तर, काेइरालालाइ हताेत्साहित गर्न गरिएको यस्तो कार्यको भने सर्बसाधारणले विरोध गरेका छन् ।































प्रतिक्रिया