सांसद विद्या भट्टराईले सपथ लिइन्

सांसद विद्या भट्टराईले सपथ लिइन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य विद्या भट्टराईले पद तथा गोपननीयताको सपथ लिएकी छन्।

गत १४ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित भट्टराईलाई सभामुख नभएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले शपथ गराएकी हुन् ।

नेकपाबाट उम्मेदवार बनेकी भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा २४ हजार ३९४ मतले विजयी भएकी हुन्। उनले निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पराजित गरे।

शपथ कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईलगायतको उपस्थिति थियो।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकाेप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा नेकपाले रवीन्द्र पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

Logo