काठमाडौं । भारत सरकारले ल्याएको नागरिक संशोधन सम्बन्धी नयाँ कानूनको विरोध गरिरहेका जामिया मिल्लिया विश्वविद्यालयका १० जना छात्राहरुलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।
भारतीय सञ्चार माध्यम पीटीआइका अनुसार पक्राउ पर्नेहरु केही आपराधिक पृष्ठभूमिका रहेको र उनीहरूमाथि पहिला देखि नै निगरानी गरिरहेको दिल्ली प्रहरीको दावी छ। यता छात्रहरुले प्रदर्शनका क्रममा आइतबार भएको हिंसालाई लिएर १० जनालाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ।
यस्तै दिल्ली प्रहरीका एकजना वरिष्ठ प्रहरी अधिकारीका अनुसार पक्राउ पर्नेमा कुनै पनि परुष नभएको बताएका छन्। सोमबार राति तथा मंगलबार विश्वविद्यालयको क्षेत्रबाट उनीहरूलाई गिरफतार गरिएको हो।
यस्तै जामियामा आइतबार भएको हिंसाका क्रममा तीनजना गोली लागेर घाइते भएका छन्। बीबीसीका अनुसार घाइतेमध्ये एकजनाको मेडिकल रिपोर्टमा उसको तिग्रामा कुनै चीजले हिर्काएको उल्लेख छ। तर दिल्ली प्रहरीले भने प्रदर्शनमा गोली नचलाएको दाबी गरेका छन्।
भारत सरकारले ल्याएको नागरिकता संशोधन सम्बन्धी नयाँ कानूनको विरोधमा उत्रिएका जामिया र अलीगढ विश्वविद्यालयमा प्रहरी कारबाहीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सोमबार मुख्य न्यायाधीश एसए बोबडेले भनेका थिए, ‘यो मुनामा त्यतिबेला मात्रै सुनुवाइ हुन्छ जब हिंसा र प्रदर्शन शान्त हुन्छ।’
यता, जामिया विश्वविद्यालय हिंसा मामिलामा नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। कांग्रेससहितका विपक्षी पार्टीले राजनीतिक फाइदाका लागि नागरिक संशोधन कानूनको विरोध गरेको र विरोध प्रदर्शनकारीलाई उक्साएको आरोप लगाएको हो।
प्रधानमन्त्री मोदीको अभिव्यक्तिलाई गैर जिम्मेवार भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ। चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले जामिया विश्वविद्यालयमा तीन बसमा आगो लगाउनेहरुलाई उनीहरुले लगाएको लुगाका आधारमा चिन्न सकिने बताएका थिए । त्यसपछि मोदीको आलोचना तीव्र बनेको हो।





























प्रतिक्रिया