काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मुग शेर्पा, बुद्धिजंग गुरूङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्णुराज गिरी, दोर्जेलामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पिङ्कि सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, बिकाश मगर र प्रवेश राईलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्ष कजनक भट्टराईले जिम्मा लगाएका हुन् ।
जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडा नगर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकैछिन हो भनि अतिरिक्त लकलगाउन अल्छी नगर्न मोटरसाइकल चालकलाई प्रमुख भट्टराईले सुझाव दिए।
चोरी भएको थाहा पाउना साथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए।
ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक,घट्टेकुलो, जरंखु, चावहिल, बनेपा काभ्रे, पुरानो बानेश्वर र बबरमहल लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।
महाशाखाले यस पौष महिनामा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ९ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ।





























प्रतिक्रिया