एनआइसीको दुई शाखा थप

एनआइसीको दुई शाखा थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एनआइसी एशिया बैंकले सोमबारदेखि थप गरिएका दुईओटा नयाँ शाखाबाट कारोबार सुरु गरेको छ ।
दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए । कार्यकारी अधिर्कत पाण्डेका अनुसार ललितपुर महानगरपालिका वडा नं १२ को टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो ।
मंगलबजार शाखाकोे उद्घाटन ललितपुर महानगरपालिका—१ का वडा अध्यक्ष नारायण लाल अवालेज्यु र दरबारमार्ग शाखाकोे उद्घाटन एनआइसी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेजराज तिमिल्सिनाज्यूले गरेका हुन् ।
यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहकलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

एनआइसी बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Logo