काठमाडौं ।
दोलखाको कालिञ्चोकबाट राजधानी जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको रिर्जभ बस लामोसाघु जिरी सडकको ७ किलो भन्ने स्थानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
बस सडकबाट ५ सय मिटर तल खसेको छ । स्थानिय पत्रकार दिनेश थापाले दिनु भएको जानकारी अनुसार अहिलेसम्म ११ वटा शव भेटिएको छ ।
बस दुर्घटनाको कारण खुलेको छैन । यस सम्बन्धि थप विवरण आउन बाँकी छ ।
सिन्धुपाल्चोकमा विभिन्न समयमा ठूला दुर्घटनाहरु भइरहेका छन् । दशैं यता मात्र यहाँ ४ वटा सवारी दुर्घटनामा दर्जनौंको मृत्यु भएको छ ।





























प्रतिक्रिया