काठमाडौं ।
महिला फुटबलको फिफा वरियतामा नेपालको स्थान सुधार भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको तीन स्थान सुधार भएको छ । नयाँ वरियता अनुसार अब नेपाल ९७ औं स्थानमा रहेको छ ।
अघिल्लो महिनाको वरियतामा नेपाल १०० औं स्थानमा रहेको थियो । दक्षिण एसियाको वरियतामा भारत पहिलो स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । भारत ५७ औं स्थानमा रहेको छ ।





























प्रतिक्रिया