सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरी अपुग – गृहमन्त्री

सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरी अपुग – गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालकाे धेरै स्थानमा भारतले सीमाना मिच्नेदेखि लिम्पुयाधुरासम्मकाे विवादकाे चर्चा भइरहदा गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त नभएको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा गृहमन्त्री थापाले ३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको जनाउँदै उक्त संख्या प्रयाप्त नभएको बताए । उनले भारतले प्रत्येक एक किलोमिटरमा रहेर सीमा सुरक्षा दिएको आवस्थामा नेपालले २५/३० किलोमिटरको फरकमा रहेर सीमा सुरक्षा गर्नुपरेको बताए। अहिले १ हजार ८०० स्क्वार किलोमिटर सीमा सुरक्षा गर्न कुल १ सय २ सीमा सुरक्षा पोष्ट मात्र रहेको बताउँदै त्यसलाई सरकारले विस्तार गर्न लागेको समेत बताए। उनले अहिले सशस्त्र प्रहरीको संख्या बढाउन गृह मन्त्रालयले प्रस्ताव गरेको समेत जानकारी दिए।

पछिल्लो समय लिम्पियाधुरा, कालापानीको कुल ३ सय ७२ किलोमिटर क्षेत्र र लिपुलेक लगायतका अन्य क्षेत्रमा गरी भारतले ४ सय किलोमिटर भन्दा बढी क्षेत्र अतिक्रमण गरेको गृहमन्त्री थापाले बताए । उनले कालापानी क्षेत्रमा १९६२ को भारत र चीनबीचको युद्धपछि मात्र अतिक्रमण भएको र ऐतिहासिक नक्सा, संधि सम्झौताहरूबाट उक्त भूमि नेपालकै भएको पुष्टि हुने भएकाले भारत त्यहाँबाट हटनुपर्ने बताए।

उनले १९६२ को चीनसँगको युद्धमा भारतले नेपालको भूमिमा १८ ठाउँमा सेना राखेको बताउँदै १७ ठाउँबाट हटाएर एक ठाउँ कालापानीबाट नहटाएको र पछि त्यहि बलमा भारतले उक्त क्षेत्र अतिक्रमण गरेको बताए। उनले उक्त भूभाग नेपालकै हो भन्नेमा सरकार स्पस्ट रहेको र फेरी भारतबाट फिर्ता लिन सरकारले पहल गरिरहेको बताए । उनले अहिले भारतीय पक्षले उपस्थिति बढाएको र हाम्रो भूमि महाकाली नदिको उद्गमस्थलसम्म पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने हुँदा सुरक्षाका लागि प्राविधिक कठिनाई उत्पन्न भएको समेत उनले बताए। दार्चुला क्षेत्रको सीमा सुरक्षाका लागि सरकारले नयाँ योजना बनाएर अगाडी बढ्न लागेको समेत उनले बताए ।

 

Skip This
Skip This
Logo