काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बेलुका ७ बजेर १० मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । यो नयाँ भूकम्प नभई ०७२ बैशाख १२ कै पराकम्प भएको पनि केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का राजधानीसहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा लगायतका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।





























प्रतिक्रिया