काठमाडौं, २०७६ मंसिर २६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजनमा एक टिम मात्र घटुवा हुने भएको छ । फागुन ३ गते सकिने लिगमा १४ क्लबले मात्र प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो सिजन रेलिगेसन (घटुवा) बिनानै लिग गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजन एक मात्र टिम घटुवामा पर्ने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै लिगको सुरुआत हुनेछ ।





























प्रतिक्रिया