चितवन, २०७६ मंसिर २६ । चितवनमा बँदेलले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो ।
बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका जानकारी दिए । उनीहरूलाई बिहान आफ्नै खेतमा काम गरिरहेको समयमा नजिकै रहेको वनबाट निस्किएर बँदेलले आक्रमण गरेको थियो ।
घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया