काठमाडौं, २०७६ मंसिर २५ ।
समाचार सङ्कलनका क्रममा पत्रकारद्वय सन्तोष बराइली र शुभेन्द्र दासमाथि धनुषाको जटही छोटी भन्सार कार्यालयमा भएको दुव्र्यवहार र ज्यान मार्ने धम्कीप्रति प्रेस सङ्गठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्गठनका संयोजक महेश दाहाल र सहसंयोजक गणेश बस्नेतले एक विज्ञप्ति जारी गर्दै घुस लिने र पत्रकारलाई ज्यानै मार्ने सम्मको धम्की दिने भन्सारका सबै कर्मचारीमाथि कडा कार्वाहीको माग गरेको हो । मङ्सिर १८ गते समाचार सङ्कलनका क्रममा प्रेस सङ्गठनका केन्द्रीय सदस्य बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा संवाददातालाई भन्सार कार्यालयका कर्मचारीले दुव्र्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएका थिए ।
भन्सारमा कार्यरत कर्मचारीले सेवाग्राहीसँग अनधिकृत रुपमा खुल्लामखुल्ला पैसा असुली गरिरहेको दृश्य पत्रकारले कैद गरेको भन्दै भन्सार प्रमुखकै कार्यकक्षमा लगेर बन्धक बनाउने र क्यामरा खोस्नेजस्ता आपत्तिजनक काम गरेका थिए ।
पीडित पत्रकारका अनुसार भन्सारका इन्चार्ज नायब सुब्बा नवीनकुमार पाण्डे एक्कासी आएर क्यामेरा खोस्नुका साथै यस्ता धेरै पत्रकारलाई आफूले जुत्तैजुत्ताले पिटेको भन्दै अन्य कर्मचारीलाई कुटपिट गराउन लगाएका थिए । भन्सारकै अर्का नायब सुब्बा अहमद रजा अन्सारी, कम्प्युटर अपरेटर राज किशोर साह, कार्यालय सहयोगीहरु वैजनाथलाल कर्ण, निरबहादुर कटुवाल र विजय मण्डललाई बोलाएर कार्यालय प्रमुख श्याम मण्डलको कार्यकक्षमा करिब आधा घण्टा जति थुनेर कुटपिट गरिएको थियो । ती कर्मचारीले घुस लिएको फोटो डिलिट नगरे भारतबाट सुटर बोलाएर जिम्मा लगाई दिनेसम्मको धम्की दिइएको बताइएको छ ।





























प्रतिक्रिया