काठमाडौं, २०७६ मंसिर २५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस मंगलबार साँझ गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो।
तेह्रौं दक्षिण एसियाली खुलकुद प्रतियोगिता (साग) को समापन कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली मिर्गौलाको नियमिति डायलासिसका लागि सेन्टर गएका थिए।
डायलासिस गराएपछि प्रधानमन्त्री राति अबेर सरकारी निवास बालुवाटार फर्किएका छन्। सेन्टरमा मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली १९ गते बिहीबार डिस्चार्ज भएका थिए।































प्रतिक्रिया