काठमाडौं, २०७६ मंसिर २४ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेकाे छ ।
भुटानलाई २-१ गाेल अन्तरले पराजित गर्दै स्वर्ण जितेकाे हाे । नेपालका लागि १७ औं मिनेटमा अभिषेक रिजालकाे गोलमा पहिलाे अग्रता लिएकाे थियो । तर भुटानका चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा गोल गोल गर्दै खेल बराबरी गरेका थिए ।
पहिलो हाफमा १-१ गोलकाे बराबरीमा सकिएकाे भएपनि नेपालले पुन: दाेस्रो हाफमा अग्रता लिएकाे हाे । खेलकाे ५३ औं मिनेटमा सुनिल बलकाे गोलमा नेपालले अग्रता लिएकाे हाे । याेसँगै नेपालले जारी १३ औं सागमा ५१ स्वर्ण जितेकाे छ ।
सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् ।
यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।





























प्रतिक्रिया