काठमाडौं, २०७६ मंसिर २४ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल र भुटानबीच फाएनल खेल जारी छ । १३ पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको हाे ।
खेलकाे ५३ औं मिनेटमा सुनिल बलकाे गोलमा नेपालले अग्रता लिएकाे हाे । नेपालका लागि १७ औं मिनेटमा अभिषेक रिजालकाे गोलमा पहिलाे अग्रता लिएकाे थियो । तर भुटानका चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा गोल गोल गर्दै खेल बराबरी गरेका थिए ।
पहिलो हाफमा १-१ गोलकाे बराबरीमा सकिएकाे भएपनि नेपालले पुन: दाेस्रो हाफमा अग्रता लिएकाे हाे ।





























प्रतिक्रिया