भारतका गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउन धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोगले प्रस्ताव गरेको छ । भारतको तल्लो सदन लोकसभाबाट नागरिकता संशोधन विधेयक पास भएपछि लाखौं मुस्लिम र गैरहिन्दू अल्पसंख्यकहरू नागरिकताविहीन हुने भन्दै अमेरिकी आयोगले यस्तो प्रस्ताव गरेकाे हाे ।
अमेरिकी आयोगले मंगलवार प्रेस विज्ञप्ति जारी गरि यदि यो विधेयक माथिलो संसदबाट पनि पारित भएमा अमेरिकी सरकारले भारतीय गृहमन्त्री अमित शाहसहित अन्य प्रमुख नेतामाथि समेत प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ । अमेरिकी आयोगले भारतको धर्मनिरपेक्षताको इतिहास समाप्त पार्ने गरी अब नागरिकता लिन पनि निश्चित धर्मको परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएको आरोप अमेरिकी आयोगले लगाएको छ ।
भारतको संसदमा सोमवार राति अबेर नागरिकतासम्बन्धी विधेयक बहुमतबाट पारित भएको छ । विधेयकको पक्षमा ३११ र विपक्षमा ९० मत परेको भारतीय समाचार संस्थाहरूले जनाएका छन् । विधेयक पारित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गर्दै अमित शाहको प्रशंसा गरेका थिए ।





























प्रतिक्रिया