नेपालमा आज ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा आज ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ जना पुगेको छ । आज ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८५६ पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ६ हजारको परीक्षण गरिएको छ । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ।

Skip This
Skip This
Logo