नयाँदिल्ली, २०७६ मंसिर २४ ।
भारतको नयाँदिल्लीस्थित ४३ जनाको ज्यान जाने गरी आगलागी भएको फ्याक्ट्रीका मालिक पक्राउ परेका छन् । आगलागी भएको भोलिपल्टै उक्त फ्याक्ट्रीका मालिकलाई प्रहरीले पक्राउ गरेका हुन् ।
एक सयजना सुतिरहेको चारतले भवनमा आइतबार आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार उक्त आगलागीको घटना २० वर्ष यताकै ठूलो हो । उक्त फ्याक्ट्रीले स्कुल ब्याग र खेलौना निर्माण गर्दै आएको थियो ।
घटनापछि दिल्ली प्रहरी प्रवक्ता मन्दिप सिंह रन्धवाले उक्त फ्याक्ट्रीका मालिक र म्यानेजरलाई पक्राउ गरेको बताएका हुन् । साथै घटनाको छानविन पनि छिट्टै हुने उनले जनाए । घटनाका पीडित परिवारलाई १० लाखका दरले राहत दिने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घोषणा गरेका छन् ।
एजेन्सी





























प्रतिक्रिया