चितवन, २०७६ मंसिर २४ ।
सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ चितवन जिल्लाको रत्ननगर नगरपालिका–१४ मा ४० औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । रत्ननगर नगरपालिकाको अध्यक्ष हरिकुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जंग श्रेष्ठले एक समारोहकाबीच पिठुवामा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे ।
सो समारोहमा अचुत जंग श्रेष्ठले शाखारहित बैंकिङ सेवाको एजेन्ट प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण पनि गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।





























प्रतिक्रिया