‘जलपरी’काे कीर्तिमानी चाैथाे स्वर्णसँगै नेपालकाे पाेल्टामा ४९ औं स्व‌र्ण पदक

‘जलपरी’काे कीर्तिमानी चाैथाे स्वर्णसँगै नेपालकाे पाेल्टामा ४९ औं स्व‌र्ण पदक

केन्द्रबिन्दु
0
Shares

नेपालमा जारी १३ औं सागमा पाैडीवाज गौरिका सिंह ‘जलपरी’ले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी छन् ।  पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी छिन् ।

जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा उनले चारवटा स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

सागमा ४ स्वर्ण पदक जितेर गौरिकाले तेक्वान्दो खेलाडी दीपक विष्टसँगकाे कीर्तिमान बराबरी गरेकी छन् ।  याे सहित नेपाल जारी सागमा ४९ वटा स्वर्ण पदक जित्न सफल भएकाे छ ।

Logo