काठमाडाैैं। "/>
  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

साँसद लक्ष्मणलाल कर्णकाे गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

साँसद लक्ष्मणलाल कर्णकाे गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

केन्द्रबिन्दु
२३ मंसिर २०७६, सोमबार
0
Shares

काठमाडाैैं। । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं. प्लेटको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ ।
घाइते बरालको काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको प्रभागका प्रहरी जवान हेमन्त आचार्यले जानकारी दिनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं. को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको सङ्घीय संसद् सचिवालयको सरकारी नं. प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं. को स्कार्पियो गाडीले ठक्कर दिएको थियो । सो गाडी संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गरेकाे  महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रहरी जवान आचार्यले जानकारी दिए ।
गलत दिशाबाट आएको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको पृथ्वीनारायण शाहको शालिकमुनि खटेका ट्राफिक प्रहरी खीना सुवेदीले बताए ।  लेन अनुशासन पालना नगरेमा रु ५ सय देखि रु एक हजार ५ सयसम्म जरिवाना लेखिएको बोर्डलाई देब्रे पारेर सरकारी गाडी गलत दिशाबाट आइरहेको थियो । गाडीको अगाडितिर सिसामा सङ्घीय संसद् सचिवालय लेखिएको कागजको पास राखिएको थियो । सरकारी गाडीका चालक लेखमान शाक्यले नै घाइतेको उपचार गराइरहेकाे बताइएकाे छ । संसद् सचिवालयकै गाडी भए पनि कानूनअनुसार नै कारबाही गरिने प्रभागका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए । संवेदनशील स्थानमा समेत सरकारी गाडीले गलत दिशाबाट आएर ठक्कर दिनु सामान्य घटना नभएको पैदल यात्रु राघवेन्द्र बजगाईँले बताए ।  छानबिन गरी यसका दोषीलाई कानुनी कारबाही नगरे सडकमा पैदल यात्रु एवं अन्य चालक पनि सुरक्षित नहुने उनकाे छ । प्रत्यक्षदर्शि बजगाईँका अनुसार सरकारी गाडीका चालकको लापरवाहीले  दुर्घटना  भएको हाे ।

प्रतिक्रिया

भर्खर

स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

युद्धबाट विश्वभर २२ हजारभन्दा बढी बालबालिका प्रभावित

केमोथेरापीका लागि चाहिने औषधीको अभाव, कालोबजारी भर पर्दै विरामी

बोझिलो बनेका २५ निकाय खारेज गर्ने सरकारको तयारी, केही निकाय पुनर्संरचना गर्ने

एसियन गेम्स पुरुष क्रिकेटमा आज मेलेसिया र नेपाल भिड्दै

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu