आज चार बजे मन्त्रिपरिषद बैठक बस्दै

आज चार बजे मन्त्रिपरिषद बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री अस्वस्थ भएपछि दुई सातादेखि मन्त्रीपरिषद बैठक बस्न सकेको छैन ।

प्रतिकुल स्वास्थ्यका कारण नियमित बैठकमा सहभागी हुन नपाएका उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज चार बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका प्रधानमन्त्रीलाई १० दिनको अस्पताल बसाइपछि गएको विहिबार डिस्चार्ज गरिएको थियो।

Logo