‘प्राविधिक ७० र सैद्धान्तिक शिक्षा ३० प्रतिशतकाे अनुपात हुने शिक्षा नीति ल्याइने’ – प्रचण्ड

‘प्राविधिक ७० र सैद्धान्तिक शिक्षा ३० प्रतिशतकाे अनुपात हुने शिक्षा नीति ल्याइने’ – प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले   शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना पुरा नहुने भन्दै रकारले विशेष महत्व दिएको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित एक विद्यालय भवनको आइतबार समुद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा गुणात्मक सुधार गरेर समृद्धि, विकास र सभ्यताको सपना पुरा गर्न सरकार लागि परेकाे बताए। उनले आफ्नो पार्टीले चुनावमा शिक्षामा गुणात्मक सुधार राख्ने दृढता जनतासमक्ष राखेको उल्लेख गर्दै त्यसलाई पुरा गर्न सरकारले कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षाको सुधारका लागि छुट्याउनुपर्ने बताए ।

उनले सरकारले प्रविधिमैत्री व्यावसायिक शिक्षा उपलब्ध गराउने योजना सहित व्यावसायिक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुने गरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागिएको जानकारी समेत दिएका छन् । उनले शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको समेत बताए ।

अध्यक्ष दाहालले प्राविधिक र व्यवसायीक शिक्षाको विकास गरी देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयमा प्राविधिक र व्यवसायीक शिक्षा उपलब्ध भएपछि रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने समेत बताए ।

Logo