सवारी दुर्घटनामा दुई जनाको निधन, सात जना घाइते

सवारी दुर्घटनामा दुई जनाको निधन, सात जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ं, २०७६ मंसिर २२  । लमजुङकाे सदरमुकाम बेंसीशहरबाट गोरखाका लागि हिडेकाे बस दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

पाउँदी खाेला नजिके  रोकेर राखिएकाे ग १ ख ५७९९ नं. बस अनियन्त्रित भई  खाेलामा खस्दा एक महिलाकाे निधन भएकाे हाे । मृतककाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ।

त्यस्तै बाँकेकाे नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिँदा बालिकाकाे मृत्यु भएकाे छ । बालिकाकाे मृत्यु भएपछि आक्राेशित स्थानीयले उक्त ट्रकमा आगो लगाइदिएका थिए।

उनीहरूले टायर बालेर सडक अवरूद्ध पारेका थिए। अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रयोग गरेकाे छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अहिले अवस्था निकै तनावपूर्ण रहेकाले घटनाबारे थप जानकारी दिन नसकिने बताए।

Logo