कार्यकारी भूमिकापछि प्रचण्ड झन् सक्रिय, देशव्यापी अभियान थालिने

कार्यकारी भूमिकापछि प्रचण्ड झन् सक्रिय, देशव्यापी अभियान थालिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ं, २०७६ मंसिर २२ ।

पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृतरूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ। एक वर्षअघि बसेको स्थायी समिति बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने दर्जनौंपटक घोषणा गरे पनि कार्यान्वयनमा अहिलेसम्म आउन नसकेकाले पार्टी नेताहरूले अध्यक्ष प्रचण्डलाई तत्काल देशव्यापीरूपमा अभियान घोषणा गर्न दबाब दिन थालेका छन्।

एक वर्षसम्म विधि र प्रणालीभन्दा पनि संगठन परिचालनको कामलाई सीमित दायराभित्र राख्ने काम भयो । कार्यकारी अध्यक्षको भूमिका पाएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अघि सचिवालय बैठक बोलाउनु भएको थियो। अब स्थायी र केन्द्रीय समितिको बैठक बोलाई सोही बैठकबाट निर्णय गराएर देशव्यापी अभियान थाल्ने गृहकार्य भइरहेको अध्यक्ष प्रचण्डनिकट एक नेताले बताए।

उनका अनुसार पार्टीलाई अझै बलियो बनाउन देशव्यापी अभियान सञ्चालन गरिनेछ। नेकपाका नेता भीम रावलले एक वर्ष अघि बसेको स्थायी समिति बैठकले गरेको निर्णय अझै कार्यान्वयन हुन नसकेको बताउँदै भन्नुभयो– ‘केन्द्रबाट निर्णय त भयो तर कार्यान्वयनमा आउन निकै ढिलासुस्ती भयो, अझै एकीकृतरूपमा अभियान सञ्चालन हुन सकेको छैन।
नेपाल समाचारपत्रबाट

Logo