काठमाडौं, २०७६ मंसिर २१ । नेपाली राष्ट्रिय यू २३ फुटबल टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्ध जारी खेलमा नेपाल विजयी भएकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा फर्काए ।
पहिलाे हाफमा बराबरीमा सकिएकाे खेलमा नेापलले उत्कृष्ट प्रदर्शन गर्दै नेपाल विजयी भएकाे हाे । नेपालका लागि कर्नर पासमा अनन्त तामाङले गोल गरेका हुन् । उनले दोस्रो हाफकाे ७ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ । नेपालले ३ खेलमा ७ अंक जोडेको छ । र, नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछ ।






























प्रतिक्रिया