पोखरा, २०७६ मसिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली स्पिनर अञ्जलीले बलियाे बलिङ गरेसँगै माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य जितेको छ । ९ रनको सामान्य लक्ष्य नेपालले १.१ओभरमा पुरा गर्दै कास्य जितेको हो । नेपालको जितमा ओपनर रोमा थापा ३ र काजल श्रेष्ठ २ रनमा अविजित रहिन् ।
त्यसअघि पोखरा रंगाशालामा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स ओभरमा ११.३ ओभरमा ८ रनमा अल आउट भयोे । माल्दिभ्सले जोडेको ८ रन मध्य ७ रन अतिरिक्त पाएको थियो । नेपालका लागि स्पिनर अञ्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चेर ४ विकेट लिइन् ।
यसअघि समुह चरणको खेलमा अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा ६ विकेट लिदै विश्व कीर्तिमान रचेकी थिइन् । कप्तान रुबिना क्षेत्री बेलबासे र सिता राना मगरले २-२ विकेट लिए । करुणा भण्डारी र सुमन खतिवडाको नाममा १-१ विकेट लिए ।





























प्रतिक्रिया