काठमाडौं,
प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा ६ स्थित बयलबासमा १९९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बयलबास शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गर्नु भएको हो ।
बैंकको बयलबासमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी मनोज कुमार देवकोटाले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सहज बनाएको बताउनुभयो ।
घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको उहाँको भनाई थियो ।
बैंकको बयलबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया