‘निजगढ विमानस्थलको सम्पूर्ण काम रोक्नू’-सर्वोच्च

‘निजगढ विमानस्थलको सम्पूर्ण काम रोक्नू’-सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बारामा भइरहेकाे निर्माण कार्यविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रुख नकाट्न र निर्माण प्रक्रिया रोक्नआदेश दिएको हो।

निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले रिट दायर गरेका थिए  ।

विमानस्थल बनाउँदा लाखौं रुख काटिने भ न्दै सर्वोच्चमा दायर भएकाे रिटमाथि शुक्रबार सुनुवाइ गर्दै  सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो।

सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ।

Skip This
Skip This
Logo